बाैनिया / कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा रहेको चिडियाताल सामुदायिक वन उपभोक्ता समुहको दोस्रो चुनावी साधारणसभाले अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि चक्रबहादुर बिस्ट लाई सर्वसहमत चयन गर्दै सम्पन्न भएको छ। 
जस्को उपाध्यक्षमा वीर बहादुर कार्की ,सचीवमा रेवती बम ,कोषयक्षमा राजुदेवी बिष्ट ,सह सचीवमादुर्गा चलाउने खड्का सदस्यहरुमा हिमा देवकोटा ,अविलाल जैसी,नन्दा शाही ,एश्वॠ बिस्ट ,दुधकला बिस्ट ,पुष्पा नेपाली गणेश बहादुर बिस्ट ,देवराज शाही ,पार्वती आचार्य ,र राम बहादुर पुनमगर ,सहित १५ सदस्यीयको कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
कार्यक्रमा आगामी बर्ष २०७९/०८०का लागि १ करोड १३ लाख ५५ हजार बराबरको आय ब्यय प्रस्तावित गरिने छ।
सामुदायिक वनका अध्यक्ष चक्रबहादुर बिस्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख खडक बहादुर रावल ,बिशिस्ट अतिथिमा वडा नम्बर १ र २ का वडा अध्यक्ष घनश्याम ओझा ,र लक्ष्मी प्रशाद चौधरी ,पुर्व नगर प्रमुख ममता प्रशाद चौधरी ,पुर्व वडा अध्यक्ष मनराज शाही सामुदायिक वन सहजकर्ता टेकबहादुर थापा लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।