सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खडक बमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया चौधरी रहेकि थिईन । सहकारी संस्था अहिले आफ्नै भवनमा सरेकोमा बधाई दिदै उपप्रमुख गुलिया चौधरीले सहकारीले मानिसलाई बचत गर्न तर्फ अग्रसर गर्नु राम्रो रहेको बताईन । कार्यक्रममा घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष घनश्याम ओझा,जोशिपुर गाउपालिका वडा न ६ का अध्यक्ष भोजराज डगौरा,घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य,सहकारीका संस्थापक अध्यक्ष हरिलाल गैरे,निर्वाचन उपसमितिका संयोजक शिव प्रसाद ढकाल लगायतकाले बोलेका थिए । कार्यक्रममा घोडाघोडी नगरपालिका वडा न १ का वडा सदस्य अमन चौधरी, वडा न ५ का सदस्य लिखराम चौधरीको पनि सहभागिता रहेको थियो । ऋण समिति सदस्य नारायण प्रसाद अम्मैको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा संस्थाका ब्यवस्थापक चुणामणि भट्राईले आर्थिक बर्ष २०७८।७९ को ७७ लाख ६ हजार ७ सय ७ रुपैया बराबरको आय ब्याय प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो । अधिकतम आवधिक बचत गरे वापत राजेन्द्र कुमार चौधरी,अधिकतम दैनिक बचतकर्ता गुणानिधि चौधरी,सक्रिय ऋणि भोलानाथ अधिकारी,अनुशाशित सेयर धनि जानकि देबि डगौरालाई प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । ३३ जना सदस्य बाट सुरु भएको सहकारीमा अहिले ८ सय १ जना सेयर सदस्य रहेका छन भने ५ करोड बढिको कारोबार गरिएको छ । कार्यक्रमको सञ्चालन पत्रकार ईन्द्रा केसी ले गरेकि थिईन ।