Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सडक दुर्घटना पीडित धमलाको उपचारमा सहयोगको अपिल

  • कैलाली दर्पण
  • बुधबार, पुस ६, २०७९
सडक दुर्घटना पीडित धमलाको उपचारमा सहयोगको अपिल

कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं.१० चुहा निवासी तुल्क्षा काफ्ले धमालाले आफ्नो ३३ वर्षको छोराको ज्यान बचाइदिन सहयोगको अपिल गरेकि छन् । उनको ४ बर्ष अगाडि कैलालीको सत्तीमा ट्याक्टरले ठक्कर दिएर फरार भएको थियोे ।अहिलेसम्म ४० लाख जति खर्च भैसकेको पीडितले बताएका छन् ।                   

बिगत ४ बर्ष देखि सडक दुर्घटनामा परि सख्त घाइते ३३ बर्षका बिष्णु प्रशाद धमाला यतिखेर भारतको ब्याङ्लोर स्थित मेथाल मेन्टल हेल्थ नर्सिङ साइन्स अस्पतालमा मृत्युसँग जुध्दै आइसियूमा उपचारार्थ छन् ।

। घरको आर्थिक स्थिती दयनीय भएका बिष्णु का आमा र बुवा ले यतिखेर आफ्नो सन्तानको भिख मागिरहेका छन् । उनको उपचारका लागि अझै ७ लाख जति आबश्यक रहेको छ।

आफूसँग भएको जग्गा बेचेर र ऋण खोजेको सबै पैसा उपचारमा खर्च भएको भन्दै आफ्नो सन्तानको जिवन जिवित पारिदिन सहयोगी र दानबीरसँग आग्रह पनि धमालाले गरेका छन् । स्वास रहँदासम्म आशा लागेको भन्दै सन्तानको माया बिर्सन नसकिने भन्दै आँखाभरी आँसु लिदै स्वदेश र बिदेश मा रहनु हुने दाताको सहयोगलाई आफूले जिवनभर सम्झिने बताएका छन् ।

युवा बिष्णु प्रसाद धमलाको छाती र करङ्ग ,हातको हड्डी टुटेको तीन प्रमुख नसामा रगत जमेको चिकित्सक बताउँछन् ।                                                                 

उनको जिवन रक्षार्थ सहयोग गर्न चाहाने दाताले उनको आमा तुल्क्षा काफ्ले धमाला को सिदार्थ बैक मा हि न ०१११५३२०१२४ जम्मा गर्न सकिने छ । फोनमा कुरा गर्न चाहाने दाताले बिष्णु ध माला मोबाइल नम्बर ९९८६७२८३४४ उनको आमा तुल्क्षा काफ्ले धमाला को ९८६८२३५७९० मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट