Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया,४ मा तिन महिने अल्मुनियम फेब्रिकेशन तालिम सुरु

  • कैलाली दर्पण
  • आइतवार, पुस ३, २०७९
बर्दगोरिया,४ मा तिन महिने अल्मुनियम फेब्रिकेशन तालिम सुरु

पुष३/ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा अल्मुनियम फेब्रिकेशन तालिम संचालन गरिएको छ  । व्यवसायीक तथा सीप विकास तालिम केन्द्र धनगढी र बर्दगोरिया गाउँपालिका, वडा नम्बर ४ को सहकार्यमा तीन महिने तालिम सुरु भएको हो ।

तालिमको आइतबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले तालिमले बेरोजगार युवाहरूको सीप विकास गरि दक्ष जनशक्ति उत्पादन गर्नमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले पालिकाले समेत आगामी दिनमा अनुदान भन्दा बढी सीप क्षमता र दक्षता अभिवृद्धि गरि बेरोजगारीको समस्या समाधान गर्न यस्ता आयआर्जन मुलक कार्यक्रममा बढी जोड दिने बताए ।

तालिममा वडा नम्बर ४ का २० जना युवाहरू सहभागी छ्न । तालिमले बेरोजगार युवाहरुको समस्या समाधान गरि आयआर्ज र रोजगार प्रवर्द्धनमा सहयोग पुर्याउने हेतुले संचालन गरिएको वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले बताए । तालिमले बेरोजगारीको समस्या समाधानका साथै गरिबी न्यूनीकरणमा समेत सहयोग पुर्याउने उनले बताए ।

३ सय ९० घण्टा अर्थात ६५ दिन तालिममा सहभागीहरुले कमाएर खान सक्ने र रोजगारी गर्ने क्षमता भएको सीप तालिम दिइएको उनले बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट