सुखड कैलाली
कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन । उनले निकटतम प्रतिद्धन्द्धि गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनलाई ५ हजार ३ सय ७१ मत अन्तरले हराएका छन । त्यसैगरि नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे भने रा प्र पा का बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे । त्यसैगरि नेपाल कम्युनिष्ट पार्टिका परेक बहादुर रावलले ९ सय ९०, स्वतन्त्रबाट नबिन कुमार बोहोराले ४ सय ८४,स्वतन्त्रबाट रमेश आचार्यले २ सय ९६,नेपाल मजदुर किसान पार्टिका गंगा देबि पौडेलले १ सय ६१ म्त प्राप्त गरेका थिए । जम्मा मतदाता संख्या १ लाख ७ हजार ६ सय ५९ मतदाता संख्या रहेको यस क्षेत्रमा ६३ हजार ७ सय ४० मत खसेका थिए । जसमा ५९ हजार मत सदर भएको थियो भने ४ हजार २१ मत बदर भएका थिए ।