Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कट्टीपुरमा,न्युु बर्दगोरिया एकतायुवा क्लबको आयोजित तिज प्रतियोगितामा-दिपिका प्रथम

  • कैलाली दर्पण
  • बुधबार, भदौ १५, २०७९
कट्टीपुरमा,न्युु बर्दगोरिया एकतायुवा क्लबको आयोजित तिज प्रतियोगितामा-दिपिका प्रथम

बाैनिया/ कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ कट्टीपुरमा हिन्दु नारिहरुको महान चार्ड हरितालिका तिजको अवसरमा न्यू बर्दगोरिया एकता युवा क्लबले आयोजना गरेको खुल्ला तिज गित नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ।

तिज प्रतियोगितामा दिपिका पालले ५ हजार नगद र पुरस्कार सहित प्रथम भएकि छिन । यसैगरी १ हजार ५ सय नगद र लक्ष्मी केसी दृतिय र ५ सय नगद सहित निरुता जोशी तृतीय भएकि हुन ।

प्रतियोगिता क्लबका अध्यक्ष कमल बिस्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर १का वडा अध्यक्ष मिथुन गौतम ,विशिष्ट अतिथी कार्यपालिका सदस्य मिरा आलेमगर र सरस्वती बिकले शुभकामना मनतब्य राख्नु भएको थियो।

नेपालमा हिन्दु नेपाली महिला हरुले पार्वतीले तपस्या अथवा व्रत बसेर आफुले खोजेको जस्तो पति शिव जी लाई पाएको दिनको सम्झना गर्दै खुशियालि मनाउदै हरितालिका तिज पर्व मनाउने चलन रहेको छ।भने पछिल्लो समयमा सूचना तथा प्रबिधिको बिकास भए संगै परम्परागत शैलिमा मनाइने तिजलाइ आधुनिक ढ्ङ्ग बाट मनाउदा देश ब्यापी रूपमा तिजको परम्परागत शैलि कला सस्कृती लोप हुँदै गएको कार्यक्रम बोल्ने बक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

तिजमा गर गहना ,फेसन फेसनका पोशाकको दर्शनले तिज मौलिक कला सस्कृतीको निरंतरताको सट्टा खर्चिलो र भड्किलो भएकोले तिजलाइ पुरानै परम्परा र लयमा फर्काउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट