Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया ४,मुडामा आयोजित खुल्ला तिज गित नृत्य सम्पन्न

  • कैलाली दर्पण
  • बुधबार, भदौ १५, २०७९
बर्दगोरिया ४,मुडामा आयोजित खुल्ला तिज गित नृत्य सम्पन्न

बाैनिया /कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडा बजारमा रहेको कालिका आमा समुहको आयोजना र गाउपालिकाको आर्थिक सहयोगमा परम्परा जोगाऔ,बिकृती हटाऔ ।भन्ने नारा सहित हिन्दु नेपाली महिला हरुको महान चाड हरितालिका तिज गित नृत्य प्रतियोगिता २०७९ सप्पन्न भएको छ।

कालिका आमा समुहकी अध्यक्ष साबित्रा सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगाउपालिकाका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ का सचीव गणेश राज गिरी र बिशिस्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका सचीव जगत बहादुर शाही रहेका थिय।

, कार्यक्रममा कार्यपालिका सदस्य पुष्कर बिक,नेपाली काङ्ग्रेसका प्रदेश ख उप सभापति देवानन्द जैसी र नागरिक उन्नमुक्ती पार्टीकि जिल्ला कोषयक्ष शारदा मल्लले शुभकामना मनतब्य राख्नु भएको थियो।                     

प्रतियोगितामा ८ वटा समूहले विभिन्न तिज गितमा नृत्य प्रस्तुत गरेका थिए ।आयोजकले ८ वटै समुहलाइ सम्मान जनक ८ वटै समुहलाइ १/१ हजार नगद पुरस्कार प्रदान गरेको हो।

सम्बन्धित समाचार
ताजा अपडेट