Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडीमा महिलालाई आक्रमण गर्ने चितुवाको उद्धार

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ २३, २०७९
घोडाघोडीमा महिलालाई आक्रमण गर्ने चितुवाको उद्धार

कैलाली दर्पण ।

ईन्द्रा केसी

२३ ज्येष्ठ सुखड कैलाली

कैलालीको घोडाघोडीमा महिलालाई आक्रमण गर्ने चितुवाको उद्धार गरिएको छ । वर्दिया राष्ट्रिय निकुन्जबाट आएको उद्धार टोलीले घाइते चितुवाको उद्धार गरेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल प्रसाद रिजालले जानकारी दिए ।
सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा चितुवाको आक्रमणमा परि घाइते भएकि थिइन् ।
उनको मुख, हात र टाउकोमा चोट लागेको छ । बोहराको अहिले घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
घाईते अवस्थामै रहेको चितुवाले महिलालाई आक्रमण गरेको थियो । शिकारीको आक्रमणबाट चितुवा घाइते भएको प्रहरीले जनाएको छ ।

चितुवाको शरिरमा २ गोली लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए ।
घाउको प्रकृति हेर्दा केहि दिन अघि गोलि लागेको हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट