Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दैलेख कम्युनिस्ट का सस्थापक शाहीको तेस्रो स्मृति सभा सम्पन्र

  • कैलाली दर्पण
  • शनिबार, चैत्र २६, २०७८
दैलेख कम्युनिस्ट का सस्थापक शाहीको  तेस्रो स्मृति सभा सम्पन्र

बौेनिया / दैलेख कम्युनिस्ट का सस्थापक तथा धरोहर नेकपा माओवादी क्रान्तिकारी का पोलिट ब्यूरो सदस्य हर्कबहादुर शाहीको तेस्रो स्मृति सभा वहाँको निवास रहेको स्थान चामुण्डाविन्द्रासौनि नगरपालिका ४ वुढेलिमा सम्पन्न भएको छ।

कर्णाली प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही, दैलेख क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा दैलेख जिल्ला बिकास समिती दैलेखका , पुर्व उपसभापति शुर्यबहादुर शाही नगर उपप्रमुख तारा शाही समाजसेवि , ललित सुनार, विष्णु शाही लगायतले दैलेख जिल्ला बहुदलीय प्रजातन्त्र स्थापना गर्न श्रमजीवी सर्वहारा जनताको मुक्ति र समाज परिवर्तनमा स्व , शाहिले गरेको योगदानको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा सभाको अध्यक्ष नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य . तथा प्रदेश सचिव र स्व. हर्कबहादुर शाही फाउन्डेसनका अध्यक्ष उहाँका सहोदर जेठो छोरा दिपक शाहि गर्नु भएको थियो

सम्बन्धित समाचार
ताजा अपडेट