बौनिया / नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको १३औ चुनावी अधिवेशनबाट अध्यक्ष पदमा कालिका माध्यमिक बिधालय मोहन्याल ६ अजिगरेका प्राधानाध्यापक चक्रबहादुर बिस्ट सहित जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । सोही अधिबेशन बाट उपाध्यक्षमा बसन्त मुरारी नमुना माध्यमिक बिधालय बर्दगोरिया १ सडकपुर बौनियाका शिक्षक प्रभुनाथ रिमाल ,महिला उपाध्यक्ष यशोदा जैशी ,सचिव दान बहादुर खाती कोषयक्ष नन्दलाल राना,उप सचीव उमा दङेग्ल ,सदस्यहरु तारा प्रशाद जोशी,बिरेन्द्र थापा,भुवन बोगटी ,इश्वरी पोखरेल ,उर्मिला बस्नेत तप्त बहादुर चलाउने खेमराज कठायत धर्मराज जैसी ,लक्ष्मी बिनाडी लगायत ४५ सदस्यीय समिति रहेका छन।