Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया ६ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा सामाग्री वितरण

  • कैलाली दर्पण
  • सोमवार, चैत्र १४, २०७८
बर्दगोरिया ६ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा सामाग्री वितरण

बौनिया / कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का किसानलाई अनुदानमा कृषि यन्त्र तथा सामाग्री वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक वर्ष ०७८/७९ को स्वीकृत बल्क विकास कार्यक्रम अन्तर्गत संघारी कृषि सहकारी संस्था लिमिटेड मार्फत धान बल्क समन्वय समिति अन्तर्गतका किसानलाई ५० प्रतिशत अनुदानमा १० ओटा पावर टेलर ट्याक्टरसहित कृषि यन्त्र तथा सामाग्री वितरण गरिएको हो ।

सोमबार संघारी कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धि सिंह डगौराको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका सुदुरपश्चिम प्रदेश साङ्सद नन्द बहादुर साउद(राजेन्द्र) ,बर्दगोरिया गाउँपालिका अदालत बलिराम डगौरा थारु, वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले संयुक्त रूपमा किसानलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका कृषि शाखा प्रमुख झङ्कर बहादुर रावत, कृषि ज्ञान केन्द्र कैलालीका भुमिराज उपाध्याय, कृषि ज्ञान केन्द्रका अनुप चपाई,वडा नम्बर ६ का वडा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो । आफुहरुले ५० प्रतिशत अनुदानमा पावर टेलर ट्याक्टर पाएपछि आफुहरुलाई निकै सहज र व्यवसायीक कृषि प्रयोजनका लागि फाइदा पुग्ने बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट