बौनिया / कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का व्यवसायीक किसानलाई कृषि प्रयोजन सम्बन्धि सामाग्री वितरण गरिएको छ ।
व्यवसायीक किसानलाई कृषि पेशामा थप सहजता होस भन्ने उदेश्यका साथ कृषि सामाग्री यन्त्र वितरण गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश साङ्सद नन्द बहादुर साउद (राजेन्द्र ) ले किसानलाई सो सामाग्री हस्तान्तरण गरे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत वडा नम्बर ५ का किसानलाई छनोटका आधारमा ५० प्रतिशत अनुदानमा कृषि ज्ञान केन्द्र कैलालीले ९ वटा पावर टेलर ट्याक्टर ,४ ओटा बोरिङ्ग, रिफर्ड १०, स्प्रे ट्याङ्की १०,मोटर ३ र हार्ड हाइरो २ ओटा वितरण गरेको कृषि ज्ञान केन्द्र बौनियाका प्रमुख अरुण चौधरीले बताउनुभयो ।