Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया १ र २ का कृषकलाई ५० प्रतिशत अनुदानमा पावर टेलर ट्याक्टर वितरण

  • कैलाली दर्पण
  • बुधबार, चैत्र ९, २०७८
बर्दगोरिया १ र २ का कृषकलाई ५० प्रतिशत अनुदानमा पावर टेलर ट्याक्टर वितरण

बौनिया / कैलालीको बर्दगोरिया गाउँपालिकामा मुख्य मन्त्री कृषि गाउँ कार्यक्रम अन्तर्गत पावर टेलर ट्याक्टर वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच पालिकाको वडा नम्बर १ र २ का व्यवसायीक ३५ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त पावर टेलर ट्याक्टर वितरण गरिएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को न्यु बर्दगोरिया नमुना कृषि गाउँ कृषक समन्वय समिति र वडा नम्बर २ को फुलबारी मुख्य मन्त्री नमुना कृषि नमुना कृषि गाउँ कृषक समन्वय समितिको आयोजना आयोजित कार्यक्रममा वडा नम्बर १ का १९ र दुईका १६ जना किसानलाई ट्याक्टर बितरण गरिएको हो ।

फुलबारी मुख्य मन्त्री नमुना कृषि नमुना कृषि गाउँ कृषक समन्वय समितिका सदस्य हैरानी चौधरीको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा सुदुरपश्चिम प्रदेश साङ्सद नन्द बहादुर साउद रहनु भएको थियो ।

कार्यक्रमको विशिस्ट अतिथिका रूपमा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारु रहनु भएको थियो । भने अतिथिका रूपमा बर्दगोरिया गाउँ पालिका वडा नम्बर २ का अध्यक्ष तथा कृषि संयोजन भेखु चौधरी,कृषि शाखा अधिकृत झङ्कर बहादुर रावत लगाएत रहनुभएको थियो । मन्त्री कृषि गाउँ कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा पावर टेलर ट्याक्टर पाएपछि आफुहरुलाई निकै सहज र व्यवसायीक कृषि प्रयोजनका लागि फाइदा पुग्ने बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट