बौनिया/ मोहन्याल ४ खिमडीमा “भुमिगत जल श्रोतको सम्बर्द्धन र संरक्षण गरौँ” भन्ने मुलनारा सहित बिश्व पानी दिवस आज मंगलवार खिमडीमा मनाइयोको छ।
मोहन्याल गाउपालिका स्तरिय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खेमराज गौतमको सभापतित्वमा भएको कार्यक्रममा गाउपालिकाका कार्यवाहक अध्यक्ष पुजा देवि बुढामगर ,निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैसी वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर बोगटी ,वडा नम्बर २ का वडा अध्यक्ष देविदत्त उपाध्याय,वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भन्डारी ,भृकुटी माध्यमिक बिधालयका प्राधानाध्यापक चक्रबहादुर रास्कोटी लगायतका बक्ता हरुले ,दिन प्रतीदिन पानीका मुहानहरु सुक्दै गइरहेकोले मुहानको संरक्षण गर्न सबै जुटनु पर्नेमा जोड दिएका थिए ।
ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजना मोहन्यालले बिगत देखि नै स्व्च्छ खानेपानी ,सिचाइ ,छाउपडी प्रथा बाल बिबाह ,बहु बिबाह ,महिला हिंसा अन्त्यका लागि ,सरोकारवाला पक्ष सङ्ग समन्वय गरि जनचेतना मुलुक कार्यक्रम गर्दै आइरहेको जल श्रोत अधिकृत बिरेन्द्र प्रशाद जोशीले बताउनु भएको छ ।