बौनिया / कैलालीको मोहन्याल गाउँ पालिका ४ खिमडीमा घर तथा समुदायमा आधारित सिकाइ सहजीकरणका लागि सामुदायिक बिधालयका शिक्षकहरुलाइ सोमबार (आज) बाट २ दिने तालिम सुरु गरिएको छ ।
उक्त तालीम शिक्षा कोभिड पर्तिकार्य परियोजना अन्तरगत usaid/unicef को आर्थिक सहयोगमा निडस सस्थाको आयोजनामा तालिम आयोजना गरिएको हो ।
मोहन्याल गाउँपालिका का ७ वटै वडा भित्रका बालबिकास केन्द्र का सहयोगी कार्यकर्ता र कक्षा १ देखि ३ सम्मका शिक्षक गरि ५० जनाको सहभागीता रहेको छ । तालिमको सहजीकरण मोहन्याल गाउपालिका शिक्षा शाखा प्रमुख कविराज धामी र राष्ट्रिय माध्यमिक बिद्यालय सोल्टाका प्राधानाध्यापक कृष्ण प्रशाद जैसी (काफ्ले) ले गर्नु भएको थियो ।
