Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा १० चुहामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

  • कैलाली दर्पण
  • सोमवार, चैत्र ७, २०७८
लम्कीचुहा १० चुहामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

 निर्मला शाही बौनिया/ कैलालीको लम्कीचुहा नगरपालिकामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बिहान सवा ७ बजेतिर पश्चिमबाट पुर्वतर्फ चुहा आफ्नो घर आउदै  गरेको सुपप्र ०१-००९ प ३९२६ नम्बरको मोटरसाइकललाई  लम्कीचुहा  वडा नं १० चुहामा पश्चिम तर्फ जादै गरेको  लु १ ख ८९३० नम्बरको ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका  २६ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  ।

ट्रकको ठक्करबाट गम्भीर घाइते रावललाई लम्की स्थित लालरत्न अस्पतालले उपचारका लागि नेपालगञ्ज अस्पताल रिफर गरेर अस्पताल पुगाएपनि अस्पतालमा भर्ना गर्न नपाउदै रावलको  मृत्यु भएको बताइएको छ ।

ठक्कर दिने ट्रक र चालक अहिले प्रहरी नियन्त्रणमा छ्न । अहिले मृतकका आफन्तले पुर्वपश्चिम् राजमार्ग अवरुद्ध पारेका छ्न ।

सम्बन्धित समाचार
ताजा अपडेट