बौनिया / निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ।
माघ महिना सम्म मतदाता नामावली संकलन गरेको आयोगले फागुन १९ गते मतदाता नामावली सार्वजनिक गर्दै नामावली माथी दावी बिरोध र हेरफेर गर्नु पर्ने भए फागुन २६ गते सम्म उक्त कार्य गर्नका लागि सुचना जारी गरेको छ।
आयोगले २०७९बैसाख २९ गते सम्म १८ बर्ष उमेर पुगेका मतदाताहरुको नाम सार्वजनिक गरेको हो। सरकारले बैसाख ३० गतेका लागि स्थानिय तहको निर्वाचन तय गरेको छ।