Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

अखिल नेपाल महिला संघ बर्दगोरिया ,३ को प्रथम वडा सम्मेलन सम्पन्न

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन ४, २०७८
अखिल नेपाल महिला संघ बर्दगोरिया ,३ को प्रथम वडा सम्मेलन सम्पन्न

बौनिया,कैलाली / अखिल नेपाल महिला संघ बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।

बुधबार सम्पन्न वडा सम्मेलनले आशिका थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पवित्रा साउद, सचिबमा शान्ति ओली, सहसचिवमा जगमति देवि चौधरी, कोषाध्यक्षमा बासु विक रहनु भएको छ ।

सम्मेलनल लक्ष्मी कडेललाई वडा नम्बर ३ को इन्चार्जमा सर्वसम्मत चयन गरेको छ । सम्मेलनबाट सदस्यम कल्पना बिक, लक्ष्मी रावल,गङ्गा ओली ,धना ओली, निर्मला बिक, खगिसरा रिजाल ,चन्द्रकला साउद, कमला बिक,नानसरा बिक, भुमिका थापा,गुलावी देवि चौधरी ,संगिता विक, पार्वती विक, दिपा देवि गौतम लगाएतलाई चयन गरेको छ । अखिल नेपाल महिला संघ बर्दगोरियाकि अध्यक्ष जमुना नेपालीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितिका रूपमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कर्ण कुवर रहनु भएको थियो ।

यसैगरी विशिस्ट अथितिमा अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी सदस्य सावित्रा सापकोटा ,जिल्ला कमिटी सदस्य पदम पूरा साउद, एमाले जिल्ला कमिटी (कैलाली) सदस्य तथा वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा रहनु भएको थियो भने अथितिमा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती, वडा नम्बर ४ का वडा अध्यक्ष पुरन सिंह बीसी, एमाले बर्दगोरिया वडा नम्बर ३ का वडा कमिटी इन्चार्ज आत्म प्रसाद रिजाल ,निवर्तमान जिल्ला कमिटी सदस्य टङ्क राज ओली, मिथुन गौतम लगाएत रहनु भएको थियो ।

प्रतीक्षा रिजालको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संचालन एमाले कैलाली जिल्ला कमिटी सदस्य कोकीला खत्रीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट