८फागुन बौनिया/नेकपा एमाले कैलाली क्षेत्र नं. २ को समन्वय कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । बिहिवार नेकपा एमालेकी केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ कि इन्चार्ज कमला ओलीको प्रमुख आतिथ्यतामा लम्किमा पहिलो बैठक सम्पन्न हो।
समन्वय समितिका संयोजक धन्नजय न्यौपानेको अध्यक्षतामा भएको बैठकमा ८ ओटा प्रस्ताव माथी व्यापक छलफल गरिएको छ ।
उप संयोजक प्रेमबहादुर भुलले स्वागत मन्तव्य राखेको बैठकमा केन्द्रिय कमिटी सदस्य पुर्व रास्टिय सभा सदस्य कमला कुमारी ओलि,केन्द्रिय सल्लाहकार सदस्य कमरेड दल बहादुर रावल,केन्द्रिय अनुशासन आयोग सदस्य कमरेड पवित्रा तिमिल्सिना,प्रदेश कमिटी सचीव कमरेड रण बहादुर चन्द,पार्टी प्रदेश सचिवालय सदस्य तथा बर्दगोरिया गाउपालिका का अध्यक्ष कर्ण कुवर ,प्रदेश कमिटी सचिवालय सदस्य ,पुर्व जिल्ला समन्वय समिती प्रमुख सुर्य बहादुर थापा, महादेव बजगाई ,लाल बहादुर बोगटी,भिम ब कुवर,जनक बहादुर शाही बखत विस्ट ,ममता रावल, जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुङ्गाना,पुर्व जिल्ला सचीव डेजि पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै ३ महिने पार्टीको संघसंगठन बिस्तार गर्ने उदेश्यले चलाइएको जरा अभियान गाउँ बस्ती टोल सम्म बर्तमान सम्म पार्टीको अबस्था बारे जानकारी लिने ,श्रमजीवी ,सर्बहारा जनता को पक्षमा पार्टी को जनमुखी नीति तथा कार्यक्रमको बारेमा जानकारी दिने पार्टी बिस्तार गर्ने उदेश्य सहित सबै कार्यकर्ता र पार्टी नेतृत्व लाग्नुपर्ने मा जोड दिएका थिए ।
यसैगरी बैठकले मिसन ०८४ मा नेकपा एमाले लाई पहिलो पार्टी बनाउन सक्रिय ,इमानदार र जनप्रिय कार्यका लागि खटन सबैलाई आग्रह गरिएको छ।
कार्यक्रमको संचालन सचिव टंक राज ओलीले गरेका थिए ।
