बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाटा नमुना सामुदायिक बन उपभोक्ता समुहको १२ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता समुहक अध्यक्ष टेक राज जोशी को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्य रहनु भएको थियो । सब डिभिजन बन कार्यालय रामपुर बौनियाका फरेस्टर राम बहादुर रावल रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मनऋषी आचार्यले बनले समुदायलाई नै फाईदा पुग्ने हुदा बन जोगाउन सबै लाग्नु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष आचार्यले सबै वडामा भएका संघ संस्थाले जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक रहेको बताउदै वडा नम्बर ३ को जटिल समस्याको रुपमा रहेको नदि कटानको समस्या समाधान तर्फ आफू लागि परेको बताउनु ।
बन उपभोक्ता समुहका उपाध्यक्ष नन्द राम बिस्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा के के वाई सि युवा क्लबका अध्यक्ष शिखर बि क, न्यायिक समिती सदस्य बसन्ती साउद लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०८०/०८०१ को सामुदायिक बन उपभोक्ता समुहका लेखा समिती संयोजक भुपेन्द्र रास्कोटीले ११ लाख,६४ ह्जार ६ सय ८५ रुपैया बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन सह सचिव चक्र बिष्टले गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै सामुदायिक बनका अध्यक्ष टेक राज जोशिले बन जोगाउन एक्लै अध्यक्ष वा कार्य समितिले मात्र नसकिने हुदा सबै समुदाय जागरुक हुन आवस्यक रहेको बताउनु भयो । सबैका लागी बन हो त्यसैले हामी सबैले बन जोगाउन लाग्नु पर्ने बताए । उनले भने हामिले कसैको मृत्यु भए वडा नम्बर ३ मात्र नभई समग्र पालिकाका नागरिकलाई निशुल्क दाउरा उपलब्ध गराउने बताए । सामुदायिक बनले विभिन्न क्षेत्रमा लगानी गरेको बताउदै आगमी दिनमा अझ राम्रा काम गर्ने बताए ।
कार्यक्रममा वडा सदस्य राम बहादुर चौधरी , भावना बि क , जगदम्भिके भगवती माध्यामिक बिधालय ब्यवस्थापन समिती अध्यक्ष मिलन ओलि लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।