आजबाट प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु गरेको छ।

गते कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बिहान ८ बजे बैतडीको झुलाघाटबाट अभियानको आरम्भ भएको छ।।
दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरु हुनेछ।
एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध बलियो बनाउने अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ।
अभियानमा ठूला सभाहरू कम र अन्तर्क्रिया, अन्तर संवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढवा दिने एमालेको कार्यक्रम रहेको छ। आज पहिलो दिन बैतडी ,१५ गते डढेलधुरा ,र डोटि ,१६ गते साफेबगर र मगलसेनमा सन्देश सभा गर्ने भएको छ।
मंसिर १७ गते कर्णाली प्रदेशको दैलेख जिल्ला आठबिस नगरपालिका को राकममा र दैलेख बजार मा सन्देश सभा हुनेछन् ।