Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा जिल्ला व्यापी भलिबल प्रतियोगिता सुरु

  • कैलाली दर्पण
  • शुक्रबार, कार्तिक २४, २०८०
बर्दगोरियामा जिल्ला व्यापी भलिबल प्रतियोगिता सुरु

कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर १ कट्टिपुरमा शुक्रबार बाट जिल्ला ब्यापी भलिबल प्रतियोगिता सुरु भएको छ ।

साइनिग स्टार युवा क्लवको आयोजना सो भलिबल प्रतियोगिता सुरु भएको छ । क्ल्वका अध्यक्ष डम्मर बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउपालिकाका उपाध्यक्ष गणेश राज गिरी ,बिशिस्ट अतिथी वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम र वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक रहेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती बिकले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लबका सल्लाहकार अमर सिह रावलले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रमको संचालन पुष्प राज जोशीले गरेका थिए । प्रतियोगितामा जिल्ला भरिका ७ वटा टिमको सहभागिता रहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट