सुखड कैलाली ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल घोडाघोडी नगरको दोस्रो अधिबेसन सम्पन्न भएको छ । फेकोफन नेपाल घोडाघोडी नगरपालिकाका अध्यक्ष मैना ढकालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बोल्दै सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नेत्र प्रसाद खनालले सामुदायिक वन सेवामुखि संस्था भएकाले वनबाट कर लिन नहुने बताएका छन । उनले भने,सामुदायिक वनले समुदाय स्तरमा बिकासको काम गर्दछ यो सेवा मुखि संस्था हो यस संग कल लिनु हुदैन । अधिवेसनले रमेश कुमार बस्नेतको अध्यक्षतामा नया कार्य समिति समेत चयन गरेको छ ।

जस्को उपाध्यक्षमा दिपक शाह,सचिबमा कौशिला कुमारी कुवर, कोषाध्यक्षमा बिमला कुवर,सदस्यहरुमा यमुना सापकोटा तेज बहादुर बिष्ट,चन्द्रा गौतम,दान बहादुर बिष्ट,दिपा जेठारा,ऐश्वर्य बिष्ट लगायत ११ सदस्य चयन भएका छन । त्यसै गरि अधिवेशनले प्रदेश तथा जिल्ला प्रतिनिधिहरु प्नि छनोट गरेको छ । जस्मा मैना देवि ढकाल, भिममाया तामाङ,विमला कुवर,पार्वती न्युरे,तुल्सीराम सापकोटा,दिपक शाह,रमा आचार्य,रमा पौडेल रहेका छन ।