Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

ओम शान्ति सामुदायिक बनको १० औ साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन १४, २०७९
ओम शान्ति सामुदायिक बनको १० औ साधारण सभा सम्पन्न

सुखड कैलाली ।
कैलालीको भजनि नगरपालिका वडा न ९ पचमुडिया स्थित ओम शान्ति सामुदायिक बन उपभोक्ता समुहको १० औ साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सब डिभिजन बन कार्यालय पचमुडियाका फरेष्टार बिरेन्द्र मल्लले बिभिन्न बनहरु मध्य सफलता पाएको बन सामुदायिक बन रहेको बताए । धार्मिक बन,राष्ट्रिय बन लगायतका बिभिन्न बन छन उनले भने, सबै भन्दा सफलता भएको बन सामुदायिक बन हो । जंगल सबै भन्दा नजिक बाट संक्षण गर्ने भनेको स्थानिय बासिन्दाले हो त्यसैले सरकारले सामुदायिक बन हस्तान्तरण गरेको हो । नेपालका ७७ जिल्ला मध्य धेरै बन क्षेत्र रहेको जिल्ला कैलाली रहेको बताउदै मल्लले भने,सबै भन्दा अतिक्रमण गरिएको जिल्ला पनि कैलाली हो । यसलाई संरक्षण गर्नु सबैको दायित्व रहेको उनको भनाई थियो । कृष्ण बहादुर चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा आर्थिक बर्ष २०७८।७९ को ३ लाख ३९ हजार ३ सय ३२ रुपैया बराबरको आय ब्याय कार्यकारि सचिब हेमराज चौधरीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा देशराज चौधरी,जोशिपुर जेसिजको अध्यक्ष तथा पत्रकार धर्मेन्द्र बिष्ट, पत्रकार जिवन चौधरी लगायतले बोलेका थिए ।
कार्यक्रममा समाचार सम्प्रेषण गरि सहयोग पुर्याएको भन्दै पहुरा दैनिकका पत्रकार जिवन चौधरीलाई सम्मान समेत गरिएको थियो । संस्थाका अध्यक्ष राज कुमार चौधरीको सभापत्विमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन फोनिराम चौधरीले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट