धनगढी ।
दिदीबहिनी कृषि सहकारी संस्था धनगढी–६ जालीको पहिलो वार्षिक साधारण सभा मंगलबार धनगढीमा सम्पन्न भएको छ ।

सहकारीकी अध्यक्ष लक्ष्मी बमको सभापत्विमा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष फणीराज सापकोटा रहेका थिए । साधारण सभाको बिशिष्ठ अतिथी धनगढी उपमहानगरपालिका वडा नम्बर ६का –वडा अध्यक्ष भागिराम चौधरी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष फणीराज सापकोटाले अहिले सहकारीले ग्रामीण क्षेत्रमा आर्थिक प्रबाहमा अहम भुमिका भएको बताएका छन् । सहकारीका माध्यमबाट नागरिकमा रकम प्रबाह गरी यसले आर्थिक चलायमान बनाउन महत्वपुर्ण योगदान पुगाएको बताउदै अध्यक्ष सापकोटाले संस्था खोल्नु भन्दा पनि दिगोरुपमा संचालन गर्न सक्नु पर्ने बताए ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी तथा वडा अध्यक्ष भागिराम चौधरीले सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरेका थिए ।
सहकारीले आर्थिक वर्ष २०७८–०७९को आय ब्याय तथा वार्षिक प्रगति प्रतिवेदन समेत पारित गरेको छ । यस्तै उपाध्यक्ष रम्भादेबि थापा स्वागत मनतब्य राखेको कार्यक्रममाको संचालक सत्यादेबि सिंहले गरेकी थिईन् । यस्तै सहकारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सिर्जना श्रेष्ठले गरेकी थिईन् ।