Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा कृषकलाई ५०% अनुदानमा मिनी पावर टिलर वितरण

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ ९, २०८३
मोहन्यालमा कृषकलाई ५०% अनुदानमा मिनी पावर टिलर वितरण

कैलाली — मोहन्याल गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी पावर टिलर वितरण गरेको छ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट अन्तर्गत शनिबार वडा नं. १ चायाँभावरमा पहिलो चरणमा ७ जना कृषकलाई  मिनि पावर टिलर वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले कृषकलाई उपकरण हस्तान्तरण गर्दै कृषिमा आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

गाउँपालिकाका अनुसार यस कार्यक्रमअन्तर्गत १९ जना कृषकलाई मिनी पावर टिलर उपलब्ध गराइनेछ। बाँकी कृषकलाई क्रमशः गाउँपालिकाको कार्यालयमार्फत उपकरण वितरण गरिने जनाइएको छ।

गाउँपालिकाले उक्त कार्यक्रमबाट कृषकको श्रम, समय र लागत बचत हुनुका साथै कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरेको छ।

वडा नं. १ का अध्यक्ष पिरम बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विकास शाखा प्रमुख दीर्घ रावलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृषि प्राविधिक चन्द्रा शाहीले गर्नुभएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट