ईन्द्रा केसी
सुखड कैलाली ।
नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र ( Bird Sanctuary ) मा दशौ लाटोकोसेरो तथा हुचिल उत्सवको आयोजना हुने भएको छ । नेपालमा सन २०१२ देखि धादिङबाट पहिलो पटक उत्सवको आयोजना सुरु भएको हो । लाटोकोसेरो तथा हुचिलको महत्व र यसको संरक्षणका लागी आउदो माघ २० र २१ गते कैलालीको घोडाघोडीमा उत्सवको आयोजना हुन लागेको धनगढीमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा हुन लागेको उत्सवलाई डिभिजन वन कार्यालय पहलमानपुर र नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) ले सहयोग गर्नेछन् ।
हिन्दु धर्ममा देवी लक्ष्मीको बाहनका रुपमा चिनिने लाटोकोसेरो पर्यावरणिय हिसाबले किसानको साथी हो । एउटा लाटोकोसेरोले बार्षिक १ हजारको औसतमा मुसा खाने गर्छ जस्का कारण किसानको बालिनालि जोगिने हुनाले यसलाई किसानको साथिका रुपमा मानिन्छ । लाटोकोसेरो मासु खाने प्रजाति अन्तर्गत पर्दछ ।
यसले एक दिशामा २ सय ७० डिग्रिसम्म टाउको घुमाउन सक्छ भने मानिस भन्दा १० गुणा बढि सुन्न सक्ने क्षमता हुन्छ । संसारभर पाईने २२५ प्रजातिका लाटोकोसेरोहरु मध्य नेपालमा २३ प्रजातिका र घोडाघोडी क्षेत्रमा मात्रै १० प्रजातिका लाटोकोसेरोहरु पाईन्छन । ८ प्रजाति लाटोकोसेरोहरु नेपालमा दुर्लभ छन ।
वास स्थानको ह्रास र अबैध रुपमा हुने शिकार तथा तस्करी तथा जनचेतनाको कमिका कारण लाटोकोसेरो संरक्षणमा चुनौति रहेको फ्रेन्ड्स अफ नेचरका निर्देशक राजु आचार्यले जानकारी दिएका छन ।

नेपालबाट बार्षिक रुपमा २ हजार सम्मको संख्यामा लाटोकोसेरोहरु मारिने तथा ब्यापार हुने गरेको यसको तस्कर सबै भन्दा बढि भारत र चिनमा हुने गरेको समेत उनले जानकारी दिएका छन । सुदुरपश्चिममा यो उत्सवको आयोजना पहिलो पटक हुन लागेको हो । यसले सुदुरपश्चिमका बिभिन्न नाका हुदै भारत तथा चिन तर्फ हुने लाटोकोसेरो तथा अन्य पंक्षिको चोरी तस्करी रोक्नका लागि जन चेतना फैल्याउन सहयोग पुग्ने अपेक्षा रहेको निर्देशक आचार्यको भनाई छ । भारतको शिक्षित सहरका रुपमा रहेको दिल्लीमा मात्रै बार्षिक १ हजार बढि लाटोकोसेरो बलि दिने चलन रहेको बताउदै निर्देशक आचार्यले भने,चिनमा भियग्रा ट्याब्लेटको सट्टामा प्रयोग गरिन्छ यसको झोल बनाएर खाए दम,रुगाखोकि ठिक हुने विश्वास रहदै आएको छ जवकि कुनै बैज्ञानिक तथ्य छैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले लाटोकोसेरो लगायत पंक्षीको शिकारमा निषेध गरेको र अवैध शिकार गरेको पाईएमा रू. २० देखी ५० हजार रूपैंयासम्म जरिवाना र ६ महिनादेखी एक वर्ष कैद वा दुवै सजायको व्यवस्था समेत गरेको छ
नेपालको तराई देखि हिमाली भेगसम्म लाटोकोसेरो पाईन्छ । लाटोकोसेरोको महत्व नबुझेका कारण यसको संरक्षणका लागि स्थानियहरुको प्रयाप्त ध्यान पुग्न सकेको छैन । यो उत्सवको आयोजनाले यसको महत्व बुझि लाटोकोसेरो तथा हुचिलको संरक्षण गर्नका लागि सहयोग पुग्ने आयोजकको विश्वास छ ।
दुई दिनसम्म आयोजना हुने उत्सवमा सांस्कृतिक प्रस्तुति, पौराणिक खेलकुद प्रस्तुति,संरक्षणसम्बन्धी प्रवचन, लाटोकोसेरोको बारेमा जानकारी मूलक प्रदर्शनी, घोडाघोडी चरा आरक्षमा चरा अवलोकन, मुङ्ग्रहुवा, सखिया, झुम्रा, हुरडुङ्ग्वा, देउडा, कौडा नृत्यका साथै, किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, सारङ्गी हाटाजस्ता लोपोन्मुख खेल हुने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिएका छन ।
त्यसैगरि उत्सवमा संरक्षणमा योगदान पु¥याउने चार जनालाई ‘राष्ट्रिय प्रकृति संरक्षण’ पुरस्कार प्रदान गर्ने जनाइएको छ । यसवर्ष पुरस्कारका लागि जाजरकोटको संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाण्डौं–४ गोकर्णेश्वरका अनुसन्धानकर्मी हेमबहादुर कट्वाल, कान्तिपुर दैनिकमा कार्यरत चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पाण्डे छनोटमा परेका छन । चारै जनालाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिने आयोजकले जनाएको छ । त्यसैगरि संस्थागत रुपमा क्रियटिभ एकेडेमि किर्तिपुरलाई पनि सम्मान गरिनेछ ।
यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङजा जिल्लामा सम्पन्न भईसकेका छन । यस किसिमको उत्सव नेपाल बाहेक संसारभर अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ । उक्त उत्सवमा नेपाल तथा भारतका चरा बिषेशज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ । यस उत्सवले विश्व रामसार सुचिमा सुचिकृत घोडाघोडी ताल क्षेत्र, माघि होमस्टे,थारु कला संस्कृतिको संरक्षण, प्रचार प्रसार र प्रबद्र्धन भई प्रचार प्रसारमा टेवा पुग्ने अध्यक्ष चौधरीको भनाई छ ।
लाटोकोसेरोको संरक्षण र वासस्थान सुधार गरी तीनिहरूको संख्यामा वृद्धि गर्ने प्रमुख उद्देश्यका साथ नेपाल सरकारले सन् २०२० देखी २०२९ सम्मको १० वर्षे लाटोकोसेरो संरक्षण कार्ययोजना निर्माण गरि लागू समेत गरेको छ ।