
सुखड २३ चैत्र । धनगढीमा यही चैत २५ देखि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट(नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट ट्राभल मार्ट हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते देखि २७ गते सम्म मार्टको आयोजना हुने पत्रकार सम्मेलन मार्फत कार्यक्रमका संयोजक मायाप्रकाश भट्टले जानकारी दिएका छन ।
मार्टको पहिलो दिन २५ गते उद्घाटन हुनेछ । औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने र आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफलको कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबाधामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ।
तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क र कर्णालीपुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा ¥याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने बताइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायी, टुर तथा ट्रेकिङ गाइडहरु, टुर अपरेटर, छापा एवम् डिजिटल सञ्चारमाध्यमसहित पर्यटन व्यवसायमा आबद्ध करिब तीन सय अतिथि आमन्त्रण गरी व्यावसायिक अन्तरक्रियामार्फत पर्यटन बजारमा प्रदेशका पर्यटकीय उपजहरुलाई प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
मार्टका लागि सातै प्रदेशका एकरएकवटा, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका लागि एकरएक गरी १६ कक्ष निःशुल्क रहने र बाँकी १४ कक्ष आफ्नो व्यवसाय प्रवद्र्धन गर्न चाहने स्वदेशी तथा विदेशी व्यवसायीलाई बुकिङका लागि खुला गरिएको छ।