सुखड कैलाली
जमुना न्युरे
कैलालीको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ ।
भदौ महिनाको अन्तिममा कान्द्रा नदिमा आएको बाढिले भजनी नगरपालिका वडा ९ डोङ्गपुर मा आएको बाढीले १५-२० घरपरिवार लाई बिस्थापित गरेको थियो ।
बाढि आएपछि सामुदायिक बनमा केही दिनका लागि भन्दै अस्थायी रूपमा बिस्थापितहरुलाई बस्न दिइएको थियो । सामुदायिक बनका अध्यक्ष सुरेश चौधरीका अनुसार सुरुवात चरणमा थोरै घरटहरा बसेपनि बिस्तारै १ सय ६१ घरटहरा बनाइएका थिए ।
सामुदायिक बनले आफ्नो वनक्षेत्रमा बनाइएका अस्थायी घरटहरा हटाउनका लागि पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गराए पनि हटाउन नसके पछि सब डिभिजन बन कार्यलय पचमुडियालाई जानकारि दिएको समुहका अध्यक्ष चौधरीले बताए ।
अतिक्रमित जमिन खाली गर्नका लागि सम्बन्धित ब्यक्तिहरुलाइ २०७९-९-९ गते लिखित रूपमा ७ दिने सुचना गरिएको सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख साहायक बन अधिकृत नितेशराज भट्टराईले जानकारी दिए ।
अतिक्रमण गरि बनाएको घरटहरा सामुदायिक बन बाट हटाउनका लागि सूचना दिदा पनि हट्न नमाने पछि आज डिभिजन बन कार्यलय पहमानपुरका प्रमुख गोकुल प्रसाद रिजाल को नेतृत्वमा सशस्त्र बन रक्षक , बनकर्मचारी ,नेपाली प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलिले बल प्रयोग गरि घरटहरा हटाएको छ ।


डिभिजन बन कार्यलय प्रमुख रिजालले अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरबिचार , निगरानी राख्ने पुन घरटहरा बनाएमा बन ऐन २०७६ अनुसारको घटना को अनुसन्धान गरि कानुनी कारबाही गर्ने बताए ।
यता बाढिपिडितहरु भने आफुहरुलाइ अन्यत्र ठाउमा ब्यबस्थापन गरि दिनु पर्ने बताउछन । कान्द्रा नदिमा नदि कटान रोक्नका लागि पनि तटबन्ध गरिदिनु पर्ने स्थानीय शान्ती चौधरीको भनाई छ ।