Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमालेका उम्मेदवार नागरिकको गुनासो,सल्लाह र सुझाव टिपोर्ट गर्दै घरदैलो अभियानमा

  • कैलाली दर्पण
  • आइतवार, कार्तिक २०, २०७९
नेकपा एमालेका उम्मेदवार नागरिकको गुनासो,सल्लाह र सुझाव टिपोर्ट गर्दै घरदैलो अभियानमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तिब्र पारेको छ ।
मङ्सिर ४ गते हुन गैइरहेको आम चुनावलाई लक्षित गरि नेकपा एमालेले बर्दगोरियाका ६ वटै वडामा घरदैलो कार्यक्रम तिब्र पारेको हो ।
नेकपा एमालेका नेता कार्यकर्ता,शुभचिन्तक र उम्मेदवार सहितको टोलिले प्रचारप्रसार ,मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई तिब्र पारेको हो ।

आईतवार नेकपा एमालेले वडा नम्बर १ मा घरदैलो कार्यक्रम गरेको छ । घरदैलोको क्रममा नेकपा एमालेले यहाँको बिकास, समृद्धिका लागि नेकपा एमालेका प्रदेश (ख) का उम्मेदवार डेजि पाण्डे लाई भोटहाल्न अपिल गरेको छ ।

यतिबेला नेकपा एमालेले उम्मेदवार सहित मतदाताको घरघरमा पुगेर मत मागिरहेको छ । घरदैलो अभियानमा नेकपा एमालेका उम्मेदवारले यहाँको समस्या, नागरिकका गुनासाका साथै आगामी ५ बर्षमा गर्ने बिकास र समृद्धिका बारेमा सल्लाह सुझाब समेत मागिरहेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी एमालेका उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेमा स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलो मार्फत गरिएको छ ।

घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको नेकपा एमालेका उम्मेदवार डेजि पाण्डेले बताए । साथै नेकपा एमालेले जिते विकास र समृद्धिले काचुली फेर्ने उनले बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट