ईन्द्रा केसी कैलाली
४ कार्तिक शुक्रबार
गएको भदौमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाकी २२ बर्षिया मिरा जोशीलाई हात्तीको बथानले आक्रमण गर्यो। २०७९ भदौ १३ गते राती ८ बजेतिर हात्तीको बथानले आक्रमण गरेपछि जोशीको घटना स्थलमै मृत्यु भयो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको घरसँगैको बाँस झाङमा हात्तीको बथानले जोशीमाथि आक्रमण गरेको थियो।
हात्तिको आक्रमणबाट ज्यान गुमाउने मिरा जोशीमात्र छैनन्। गत असार ४ गते कैलालीको टिकापुर नगरपालिका २ कि टंक देबि सोडारीको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो । २०७८ कार्तिक २ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट एक दम्पतिको ज्यान गयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका–१२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीले ज्यान गुमाए । घरमा सुतिरहेकै बेला हात्ती आएको हल्ला सुनी घरबाट निस्किएर भाग्ने क्रममा हात्तीले कार्की दम्पतीलाई आँगनमै कुल्चेर मार्यो ।
२०७८ मंसिर २५ गते राति कञ्चनपुरको लालझाडी गाउँपालिका ६ ढक्का शिविरका ४५ वर्षीय खगराज रानाको हात्तीले आक्रमण गर्दा मृत्यु भयो। हात्तीले झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा उनी मारिए। हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे । खगराजलाई भने भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा नै च्यातियो । हो–हल्ला गरी गाउलेले हात्ती त भगाए घाइते अवस्थाका रानाको भने अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भयो ।
उता कैलालीको गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको भने २०७७ फाल्गुन २ गते बाघको आक्रमणबाट ज्यान गयो । कला घाँस काट्न जंगल गएकी थिइन्। त्यहीबेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँभन्दा केही पर उनको शव भेटियो।
माथि उल्लिखित यि घटनाहरु जंगली जनावरको आक्रमणबाट ज्यान गएका केही प्रतिनिधि घटनामात्र हुन्। कैलाली र कञ्चनपुरमा जंगली जनावरको आक्रमणबाट बर्षेनी स्थानीय मानिसहरुले ज्यान गुमाईरहेका छन ।
शुक्लाफाटा राष्टिय निकुञ्जको तथ्यांक अनुसार जंगली जनावरको आक्रमणबाट पछिल्लो ३ बर्षमा १४ जनाले ज्यान गुमाएका छन । आर्थिक बर्ष २०७६।७७ मा जंगली जनावरले २५ जनालाई आक्रमण गरेको थियो जसमा ५ जनाको मृत्यु भयो भने,१५ जना घाईते भए । आर्थिक बर्ष ७७।७८ मा जंगली जनावरको आक्रमणबाट ३० जना घाईते भए। जसमध्ये १४ जना सामान्य र १३ जना गम्भिर घाईते भए । त्यसैगरि आर्थिक बर्ष ७८।७९ मा ४३ जना आक्रमणमा परेका थिए जसमा १० जना सामान्य र २७ जना सख्त घाईते भएका थिए । यो
अवधिसम्म बन्यजन्तुको आक्रमणमा परि मृत्यु भएका परिवार र घाईतेहरुका लागि १ करोड ७६ लाख ९८ हजार ९ सय ६ रुपैया राहत रकम प्रदान गरिएको छ ।
बढ्दो तस्करी
गत श्रावण २० गते कैलाली प्रहरीले बाघको छाला सहित ४ जनालाईे पक्राउ गर्यो ।

बाघको छाला सहित पक्राउ परेकाहरु
बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा ९आरआईटी० रिजिनल इन्भेस्टिकेसन टीम (क्षेत्रीय अनुसन्धन समूह) र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गर्यो । टाउकोदेखि पुच्छरसम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा, २ केजी हड्डीसहित ४ जना पक्राउ परे । कञ्चनपुरमा पनि केहि महिना पहिले बाघको छाला सहित २ जना पक्राउ परेका थिए ।
गत ज्येष्ठ २३ गते कैलालीको घोडाघोडीमा घाईते अवस्थामा रहेको चितुवाले एक महिलालाई गाउ नजिकैको जंगलमा घास काट्ने क्रममा आक्रमण गर्यो । घाईते महिलालाई उपचारका लागि अस्पताल लगियो, वर्दिया राष्ट्रिय निकुन्जबाट आएको उद्धार टोलीले घाइते चितुवाको त उद्धार गर्यो तर चितुवाको मृत्यु भयो ।

घाईते अवस्थामा फेला परेको चितुवा
यसैगरि गत चैत्र १७ गते कैलालीको घोडाघोडी नगरपालिका – १० तुल्सीपुर सामुदायिक वन नजिकै रहेको झिरौखामा पासोमा परेको अवस्थामा चितुवा फेला पर्यो । पासोमा परेर घाइते अवस्थामा रहेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो ।
कैलाली र कञ्चनपुरमा जंगल गएकादेखि घरमै बसिरहेका मानिसहरु समेत जंगली जनावरहरुको आक्रमणमा परिरहेका छन्। अधिकांश घटनामा गाँउ नजिकै पुगेर पनि बन्यजन्तुले आक्रमण गरिरहेको पाइन्छ।
बसन्ता जैबिक मार्ग को वन क्षेत्र ६९ हजार १.२२ हेक्टर बन क्षेत्र रहेको छ । तर, आवादी बसोवार क्षेत्र समेत गरि ८३ हजार ४३८.९ हेक्टर क्षेत्र ओगटेको छ । जुन जिल्लाको कुन बन क्षेत्रफलको २५.३ प्रतिशत रहेको छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, गौरिगंगा नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका यस संरक्षीत वनको प्रभाबित क्षेत्र अन्तर्गत पर्दछन् । २०७६ साल फागुन १५ यस वन क्षेत्रलाई संरक्षीत क्षेत्रको रुपमा घोषणा गरिएको थियो । यो वन क्षेत्रले शक्लाफाटा बन्यजन्तु आरक्ष, मोहना कोरिडोर क्षेत्र,भारतको दुदुवा राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्जलाई जोड्ने काम गर्छ । यस क्षेत्रलाई जंगली जनावरको आवागमन र बासस्थानको रुपमा हेर्ने गरिन्छ । बन्यजन्तुको आवागमन सहज होस् र संरक्षणमा सहयोग पुगोस् भनेर नै नै बसन्ता जैबिक मार्गको विकास गरिएको हो । विगतमा दुर्लभ वन्यजन्तुहरुको मार्ग संरक्षित थियो । जसले गर्दा उनीहरुको पनि संरक्षण भइरहेको थियो । अहिले जंगलको नजिक मानव बस्ति पुगेको छ।

बसन्तामा अतिक्रमण गरि बनाईका टहरा

बसन्तामा अतिक्रमण गरि बनाईका टहरा हटाउदै डिभिजन बन कार्यालय पहलमानपुर
जंगलमा जनावरलाई अहसज हुने गतिबिधि बढेका छन्। नेपालमामात्र हैन भारतसँगको सीमा क्षेत्रमा रहेका जंगलहरुमा पनि जंगली जनवारहरुको आवागमनमा अवरोध पुग्नेगरि खाल्डाहरु खनिएको छ । जसले गर्दा जंगली जनावहरुले आफ्नो नियमित बाटो बदलेर बस्तीको छेउछाउ, बीच वा खाल्डाखुल्डी भएका असुरक्षित बाटाहरु हिड्न थालेका छन् ।
बन्यजस्तु मानवबस्ती नजिक पुगेपछी मानव र बन्यजन्तुबीच द्वन्द्व बढेको छ। कहिले जनावरले मान्छे मारेको र कहिले मान्छेले जनावर मारेको घटना भैरहनु मानव र बन्यजन्तुबीच द्वन्द्वका उदाहरणहरु हुन्। यसले गर्दा चोरी सिकारी पनि बढेको जिल्ला डिभिजनल बन कार्यालय डिभिजनल बन कार्यालय धनगढीका प्रमुख केशब पराजुली बताउँछन ।
पछिल्लो ५ बर्षको तथ्यांक हेर्ने हो भने कैलालीमा मात्रै ३० वटा बन्यजन्तुको तस्करीका कारण मृत्यु भएको छ । आर्थिक बर्ष २०७४।७५ मा ३ ओटा बन्यजन्तुको मृत्यु भएको छ भने १४ वटाको उद्धार गरिएको छ । आर्थिक बर्ष ७५।७६ मा ३ ओटा बन्यजन्तुको मृत्यु भएको छ भने ११ ओटाको उद्धार गरिएको छ । त्यसैगरि आर्थिक बर्ष ७६।७७ मा २ ओटा बन्यजन्तुको मृत्यु भएको छ भने ९ ओटाको उद्धार गरिएको छ । त्यसै गरि ७७।७८ मा ६ ओटा बन्यजन्तुको मृत्यु भएको छ भने ११ ओटाको उद्दार गरिएको छ । आर्थिक बर्ष ७८।७९ मा २ ओटाको मृत्यु भएको छ भने १० ओटाको उद्दार गरिएको छ ।
जैविक मार्गमा बस्ती
भारतको दुधुवा राष्ट्रिय निकुञ्ज बाट नेपालको बसन्ता हुँदै, लालझाडी(मोहना, शुक्लाफाटा बन्यजन्तु आरक्ष हुँदै चुरे पहाडी क्षेत्र सम्मको विशाल जंगल क्षेत्र यहाँको बन्जन्तुको आवागमन मार्गको रुपमा लिने गरिन्छ । पछिल्लो समय यस्ता मार्गहरु मासिने गरि मानवबस्ती विस्तार भइरहेको छ ।

शुक्लाफाटा बन्यजन्तु आरक्ष नजिकैको ढक्का शिबिर
बन फडानीले जैविक मार्ग संकटमा पर्दा अहिले बन्यजन्तुहरु यताउता भौतारिन थालेका छन् । बन्यजन्तु बस्ती नजिक पुगेर मानिसहरुलाई आक्रमण गर्ने मुख्य कारण उनीहरुको सहज आवागमनमा अवरोध पनि हो।
यो मार्गलाई जंगली हात्ति, बाघ, चितुवा देखी अन्य कयौँ जनावरहरुले बर्षौ पहिले देखि प्रयोग गर्दै आइहेका छन् । तर, पछिल्लो समय बन्यजन्तु हिड्ने बाटो मासिने गरि बस्ती विस्तार भइरहेको छ । बन फडानीले जैविक मार्ग संकटमा पर्दा अहिले बन्यजन्तुहरु भौतारिन थालेकाले बन्यजन्तु बस्ती नजिक पुगेर मानिसहरुलाई आक्रमण गर्न थालेको डिभिजनल बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए
कैलाली र कञ्चनपुरका मानवबस्तीमा जंगली जनावर पस्नुको मुख्य कारण जैबिक मार्ग विनास हो । यहाँ जनावर बस्तीमै पसेर आक्रमण गर्दा कयौँले ज्यान गुमाइसकेका छन् ।
हिजोआज कतै जंगल बढीरहेको छ भने जंगल भएको ठाउँमा फडानी पनि भइरहेकको छ । शुकुम्बासी भूमिहिन बाढी पिडितको नाममा जंगलमा, खासगरी जनावर ओहोरदोहोर गर्ने जैबीक मार्गसम्म बस्ती विस्तार भइरहेको छ । २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका १० गाविसबाट हजारौँ नागरिकलाई घरबारविहीन बनाएको थियो । जिल्लाको रौतेलीबिचुवा, बेल्डाँडी, रामपुर विलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुरलगायतका स्थानबाट विस्थापित भएकाहरू अहिले कञ्चनपुरको शुल्काफाटा बन्यजन्तु आरक्ष क्षेत्र कब्जा गरेर बसिरहेका छन् । २०६४ सालको बाढीले भजनी क्षेत्रबाट बिस्तापित भएका सयौँ परिवारहरु अहिले पनि बसन्ता जैबिक मार्ग भित्र कब्जा गरेर बसिरहेका छन् । यसका कारण यहाँ बन्यजन्तुलाई ओहोरदोहर गर्न समस्या भइरहेको छ।
शुक्लाफाटा निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिँदै गएपछि बन्यजन्तुको आक्रमण बढ्न थालेको बताउछन । ुदुई तीन वर्षयता कञ्चनपुरमा हात्तीको आक्रमण बढेको छु, उनले भने ुहात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा बस्ति बस्दा उसले बस्तीमा आक्रमण गर्ने र मानिसको ज्यान समेत लिने गरेको छ ।ु उनका अनुसार हात्ती हिँड्ने बाटोमा बस्ती भएका कारणले पनि मानिसमाथि हात्तीको आक्रमण बढेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा धान र गहुँ पाक्ने बेलामा हात्तिका बथानहरु आउने गर्दछन् । उनीहरुको बासस्थलमा आहारको कमीका कारण बस्तीमा लगाइएको गहु र धान खान हात्ति गाउँ पस्नेगरेको स्थानीय अर्जुन सिंहले जानकारी दिए ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लालझाडी मोहना वन संरक्षण क्षेत्रका साथै कैलालीको वसन्ता वन संरक्षण क्षेत्रमा वर्षेनी प्रवासी हात्तिहरूको बथान ओहोर दोहोर गरिरहने डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डित वताउछन् । उक्त संख्या कहिले २०(२५ देखी ५०(६० सम्म रहने गरेको उनले बताए । कैलाली जिल्लामा मात्रै यस्ता प्रमुख जैविक मार्गहरूमा करिब २६ हजार हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको वन कार्यालयको तथ्यांकले देखाउछ ।
मानब र बन्यजन्तु बिच भइरहेको द्धन्दका कारण नै मानब माथि आक्रमण भइरहेको छ भने बन्यजन्तुको तस्करी बढेको छ यसको नियन्त्रणका लागि अतिक्रमण हटाउन जरुरी रहेको कैलालीका डिभिजनल बन अधिकृत केशब पराजुली बताउछन ।