कैलाली दर्पण
जमुना न्युरे
२६ ज्येष्ठ धनगढी कैलाली
माइती नेपाल धनगढी र यु .एन .ओमेनले जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७ का मुक्त कमैया सिबिरका महिलाहरुलाइ कुखुरा पालन सम्बन्धि तालिम र सामाग्री हस्तान्तरण गरेको छ ।
महिला हिसांमा परेका , पिछडिएका , निम्न आय भएका महिलाहरुलाइ आयाआर्जन, जिबिकोपार्जन मा सहयोग र महिलाहरु आत्मानिभर बनुन भन्ने उदेश्यले यस्तो कार्यक्रम गरिएको माइती नेपाली धनगढी का प्रमुख शिबचरण चौधरीले बताएका छन ।
तेस्तै कार्यक्रम माथी प्रकाश पार्दै यु .एन .महिला अन्जान बैधले महिलाहरुलाई आत्मनिर्भरता बनाउनका लागि आफ्नो सस्थाले तालिम , सीप , तथा स्वरोजगारी , उद्यमसिलता बनाउने र महिलाहरुलाइ आर्थिक रुपमा ससक्त बनाउने कार्यक्रमको लक्ष्य रहेको बताइन ।
कार्यक्रममा बोल्दै जिल्ला पशु सेवाका प्रमुख डा. हेमराज अवस्थीले महिलाहरुले गरेकाो व्यावसायिक कुखुरापालन , बगुरपालन , बाख्रापालनमा आफुहरुले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका बडा ७ कि ब्यवसायि सरिता नेपालीले सफल भएको बताइन । उनले भनिन, सानै लगानी बाट सुरुवात गरेको ब्यबसायले घर खर्च टार्न सजिलो भएको बताइन ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका १ सुखडकि साबित्रा आचार्यले यु .एन . ओमनले तालिम दिएपछि तालिम दियर आफू जस्तै ब्युटिसियन धेरै उत्पादन गरेको बताइन । महिलाले आफ्नो खुट्टामा उभिएर काम गर्दा कम हिंसा हुने , अरु हिसा पीडित महिलाहरु लाइ सहयोग गर्न सकिने बताइन ।