कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनमा रहेका दलहरूले अग्रता कायमै राखेका छन् । पाँच सय मत गणना हुँदा सम्म प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका खडक रावतले १८८ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवार ममता प्रसाद चौधरीले पच्छाइरहेका छन् । ममता प्रसाद चौधरीले अहिले सम्म १२५ मत पाएका छन् । राप्रपाकाको तर्फबाट उम्मेदवार बनेका नीरज मल्लले ६९ मत पाएका छन् ।