कैलाली दर्पण
३ वैशाख, सुखड । विश्व सम्पदा दिवसको अवसरमा एन एम बि बैङ्कले कैलालीको घोडाघोडी मन्दिर परिसरमा सरसफाइ गरेको छ । बिगतका बर्ष झै यस बर्ष पनि एन एम बि बैङ्कले दिवसका अवसरमा मन्दिर परिसर सरसफाइ गरेको हो । सरसफाइ पुर्ब बैङ्कले सुखड बजारमा प्रभातफेरि गरेको थियो ।

सम्पदाको संरक्षणको लागी बैङ्कले प्रभातफेरि संगै सम्पदाको सरसफाइ गर्ने गरेको एनएमबि बैङ्क सुखड शाखाका प्रमुख प्रेम भट्टराईले जानकारी दिए । हरेक बर्ष कार्यक्रम गर्दै आएको बताउदै भट्टराईले भने,प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन गरिरहेका छौ आगामी बर्ष पनि निरन्तरता दिनेछौ ।
एनएमबि बैङ्क सुखड शाखाको नेतृत्वमा मसुरिया,बौनिया,लम्की र टिकापुरका कर्मचारीहरूको सहभागिता रहेको थियो । बंैकले घोडाघोडी मन्दिरमा डस्विन समेत हस्तान्तरण गरेको छ ।


विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ ।