निर्मला शाही बौनिया / नेकपा एमाले मोहन्याल गाउँ कमिटी संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमाले ले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रमा बुधवार मोहन्याल गाउपालिका वडा नम्बर ५ बिर्खेतमा एमालेको टोल कमिटी गठन गरिएको छ। जसको अध्यक्षमा लाल ब. कुडमाल, उपाध्यक्ष इसरा भाट ,सचीव गणेश बहादुर ताडि ,उप सचिव आचल जेठरा र रमेश सार्कि सहित १३ सदस्यीय को कमिटी सर्बसहमत गठन गरिएको छ।

वडा कमिटी अध्यक्ष लाल बहादुर जेठराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्य खर प्रशाद अधिकारी ,बिशिस्ट अतिथी गाँउ कमिटि अध्यक्ष पूर्ण बहादुर साउँद , यस्तै अतिथि हरुमा गाउँ कमिटी सदस्य टेक ब.सार्की, ,कैसिला सार्की , कृष्ण थापा लगायत को उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन बम बहादुर रावलले गरेका थिए ।