निर्मला शाही बौनियाँ / नेकपा एमाले मोहन्याल गाउँ कमिटी संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमाले ले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रमा बुधवार मोहन्याल गाउपालिका वडा नम्बर ७ ओखडेकोटमा टोल कमिटी गठन गरिएको छ। जसको अध्यक्षमा राम बहादुर कडायत ,उपाध्यक्ष नन्दाराम बोहरा ,सचीव बिष्ण्ुा अधिकारी ,सह सचिव यज्ञ बहादुर खड्का सहित ४० सदस्यीय को कमिटी सर्बसहमत गठन गरिएको छ।
वडा कमिटी अध्यक्ष महेश बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि खर प्रसाद अधिकारी ,विशिष्ट अतिथी लिला माझी अतिथी सचिवालय सदस्य शंकर सिह विष्ट,जगत रावल, पबित्रा माझि लगायत को उपस्थिति रहेको थियो ।
