Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली–२ मा कांग्रेसको सक्रियता बढ्दो, घरदैलोमार्फत मतदातासँग भेटघाट

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन १४, २०८२
कैलाली–२ मा कांग्रेसको सक्रियता बढ्दो, घरदैलोमार्फत मतदातासँग भेटघाट

बौनिया/आसन्न फागुन २१ गतेहुने प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा कैलाली क्षेत्र नं. २ अन्तर्गत बर्दगोरिया गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ।

घरदैलो अभियानका क्रममा विभिन्न टोल–टोलका घरपरिवारमा पुगेर पार्टीका नीति, सिद्धान्त तथा आगामी योजनाबारे नेता–कार्यकर्ताहरूले जानकारी गराउँदै मत मागिरहेका छन्। स्थानीयस्तरमा यस कार्यक्रमलाई सकारात्मक रूपमा लिइएको जनाइएको छ।

कार्यक्रममा बोल्दै पार्टीका स्थानीय नेताहरूले नेपाली कांग्रेसका उम्मेदवार विजय बहादुर स्वारलाई विजयी गराए क्षेत्रका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा बर्दगोरिया गाउँ कमिटी सभापति कृष्ण बिष्ट, नेपाली कांग्रेसका नेता हिक्मत बम, पदम बम, युवा नेता प्रमोद मल्ल, दिनेश भण्डारी, अरुण शम्शेर राणा, सन्तलाल चौधरीलगायत नेता–कार्यकर्ताहरू सहभागी थिए। उनीहरूले स्थानीय मतदातालाई रुख चिन्हमा मतदान गरी विजय बहादुर स्वारलाई विजयी गराउन अपिल गरेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट