बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकामा १६ औं रास्ट्रपति रनिङ शिल्ड तथा पालिका स्तरिय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
रास्ट्रपति रनिङ शिल्ड तथा पालिका स्तरिय खेलकुद प्रतियोगिता मुल समितिका संयोजक तारा प्रसाद जोशिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दा कुमारी भट्ट बिशिस्ट अतिथी रहनु भएको थियो ।
मुल समिती सदस्य सुरेन्द्र प्रसाद जैशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, मोहन्याल माविका बिधालय व्यवस्थापन समिती अध्यक्ष डबल बिक, जगदम्भिके भगवती माविका प्र अ नेत्र खडका लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य भिम बिस्वकर्मा, सरस्वती बि क ,बर्दगोरिया गाउँपालिका शिक्षा शाखा अधिकृत निरिक नन्दन लाल कर्ण, सामुदायिक तथा संस्थागत बिधालयका प्र अ तथा शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थोयो ।
खेलकुद कार्यक्रममा पालिकाका सामुदायिक तथा संस्थागत बिधालयले मार्च पास संगै विभिन्न सांस्कृतिक नृत्यहरु समेत राखेका थिए ।
रनिङ शिल्ड प्रतियोगितामा कबडि,भलिबल, दौड, हाईजम्प, लङ्गजम्प, ज्याब्लिङ थ्रो, लगाएतका खेलहरु हुनेछन ।
कार्यक्रमको संचालन बसन्त मुरारी नमुना मावि का शिक्षक प्रभु नाथ जैशिले गर्नु भएको थियो । प्रतियोगिता २४ गते सम्म संचालन हुने छ ।
