Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालबाटिका क्रिकेट लिग–३ को खेल तालिका सार्वजनिक

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन १५, २०७८
बालबाटिका क्रिकेट लिग–३ को खेल तालिका सार्वजनिक

बौनिया/ यहि फागुन १५ फागुन १७ गते देखि सुरु हुने बालबाटिका क्रिकेट लिग–३ को खेल तालिका सार्वजनिक गरिएको छ। बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेलकुद संयोजक प्रमोद मल्लले खेल तालिका सार्वजनिक गरेका हुन्।

मंगलबार देखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै मल्लले प्रतियोगिताले बर्दगोरियालाई क्रिकेटको सहर बनाउन मद्दत पुग्ने बताए। प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी ८ वटा विद्यालयको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

अण्डर –१९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी ८ विद्यालयका टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा गुरुकुल इङ्लिस मेडियम स्कुल, कर्णाली माबी टिकापुर,गणेशबाबा टिकापुर र होलिल्याण्ड अत्तरिया रहेका छन्। त्यसै गरी समूह ‘बी’ मा आयोजक बालबाटिका बिद्या मन्दिर बौनिया, विद्या भूषण पब्लिक स्कुल धनगढी,संत निरंकारी टिकापुर र लिटिल बुद्ध महेन्द्रनगर रहेका छन्।

यस्तै मंगलबार देखि हुने उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता गुरुकुल इङ्लिस मेडियम स्कुल मोतिपुर र कर्णाली मा वि टिकापुर भिड्ने छन् । प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा सबै भन्दा उत्कृष्ट खेलाडीलाई नगद १६ हजार ,मेडल , ट्रफी प्रदान गरिने छ भने ,उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर र उदयिमान खेलाडिलाई जनही १०/१० ह्जार नगद सहित ट्रफी ,मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार
ताजा अपडेट