Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पानसदीप जेसीस क्रिकेट कपको चौथो संस्करण सुरु

  • कैलाली दर्पण
  • शनिबार, मंसिर १३, २०८२
पानसदीप जेसीस क्रिकेट कपको चौथो संस्करण सुरु

१३मंसिर/कैलालीको लम्कीमा आयोजना गरिएको पानसदीप जेसीस क्रिकेट कप–२०८२ को चौथो संस्करण सुरु भएको छ।

लम्की जेसिजको आयोजनामा हुने लागेको पानसदिप जेसिज क्रीकेट कप २०८२को चौथो  संस्करणको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहिले उद्घाटन गर्नु भएको हो।

लम्की जेसिज वर्ष २०२५ का अध्यक्ष भुपेन्द्र तिमिल्सेनाको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि  नगर प्रमुख सुशिला शाही  र बिशिस्ट अतिथिमा लम्किचुहा  १ नम्बर वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहनु भएको थियो।

कार्यक्रममा आयोजक प्रतिनिधिहरूले प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यस प्रकारका प्रतियोगिताले युवामा अनुशासन, नेतृत्व र खेलप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
आयोजक लम्की जेसीसले यस प्रतियोगितामार्फत जिल्लास्तरमै गुणस्तरीय क्रिकेटको प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ। प्रतियोगितामा विभिन्न विद्यालय तथा टिमको सहभागिता रहनेछ भने खेलहरू निर्धारित तालिका अनुसार सञ्चालन गरिनेछ।
उद्घाटन समारोहले स्थानीय खेलकुद क्षेत्रको उन्नति र प्रवर्द्धनमा नयाँ ऊर्जा, उत्साह तथा प्रेरणा थपेको सहभागीहरूले बताएका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट