२३ फागुन/ चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पछि पार्दै लामिछानेले जित हात पारेका हुन्।
लामिछानेले कुल ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन्।
उनकी निकटतम प्रतिद्वन्द्वी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरेकी छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे ६ हजार ९ सय ९२ मतसहित तेस्रो स्थानमा रहेका छन्।
चितवनका मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेलका अनुसार चितवन–२ मा कुल ८७ हजार २ सय २१ मत खसेको थियो।