Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा-६ मा एमालेको विभिन्न टोल कमिटीहरु गठन

  • कैलाली दर्पण
  • बुधबार, माघ २८, २०८२
लम्कीचुहा-६ मा एमालेको विभिन्न टोल कमिटीहरु गठन

२८ माघ/आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन मजबुत बनाउने उद्देश्यले एमालेले टोल कमिटी गठन गरेको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा सुर्य ध्वाजावाहक उम्मेदवार सुर्य बहादुर थापा लाई अत्याधिक बहुमतले बिजयी गराउने उदेश्यले लम्कीचुहा नगरपालिकाको वडा नम्बर ६ मा निर्वाचन परिचालनका लागि विभिन्न उप-कमिटी गठन गरि जिम्मेवारी तोकेको हो ।

मुल निर्वाचन परिचालनको संयोजकमा राम बहादुर बोगटी, सह संयोजकमा बल बहादुर खत्री,सचिवमा पदम बहादुर खड्का , निर्वाचन अनुगमन समितिको संयोजकमा सीता कुमारी जैशी,सह संयोजकमा केशर बहादुर बोहरा,युवा परिचालनको संयोजकमा मान बहादुर चौधरी ,सह संयोजकमा आशिष् घिमिरे,सचिवमा डम्बर बिकको उपसमिति गठन गरिएको छ ।

यस्तै जेष्ठ नागरिक परिचालनको संयोजकमा खन्टे खत्री,उप-संयोजकमा दल बहादुर रावल ,गुलरा मालिका टोल संयोजकमा तिलक घिमिरे ,सह-संयोजकमा सन्तलाल चौधरी ,करमला झुडिया टोल संयोजकमा लछीराम थापा ,सह-संयोजकमा नृप बहादुर कुँवर,बावनपुर टोल संयोजकमा सीता देवि बिक,सह- संयोजकमा जंग बहादुर बुढा ,बाघमरा पुर्व टोल संयोजकमा दुर्गा प्रसाद डाङ्गी,सह-संयोजकमा कमला खड्का ओली रहेका छन।

यसैगरी पश्चिम बाघमारा टोल संयोजकमा हरी बहादुर ओली,सह संयोजकमा गौरीकान्त खत्री ,गुलरेनी टोल संयोजकमा दीपा रावत,सह संयोजकमा मनोज कुमार देउवा ,तिलखा टोल संयोजकमा भरत बिस्ट,सह संयोजकमा कमल बुढा ,पिपरकोटी टोल संयोजक दधी धामी ,सह संयोजकमा बल बहादुर भुल रहेका छन् ।

आवश्यकता अनुसार संयोजकहरुले बाकी सदस्य मनोनित गर्ने निर्णय गरेको वडा कमिटी अध्यक्ष पदम खड्काले जानकारी दिए ।

कार्यक्रम वडा निर्वाचन परिचालन कमिटीका संयोजक राम बहादुर बोगटीको सभापतित्वमा र प्रदेश कमिटी सदस्य सीता कुमारी जैशीको प्रमुख आतिथ्यमा निर्वाचन परिचालन सम्पर्क कार्यलय गुलरामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट