कैलाली/नेपाल कम्युनिस्ट पार्टी एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर- २ बाट सुर्य बहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापा यश क्षेत्रमा चर्चित नेता हुन । उनि जिल्ला समन्वय समिती सभापति भइ सकेका नेता हुन ।
जिल्ला समन्वय सभापति हुदा थापाले आफ्नो कैलाली जिल्लामा धेरै बिकास निर्माणका काम गरेका थिए । उनी बिकास प्रेमी नेताका रुपमा चिनिने गर्दछन ।
निर्वाचन क्षेत्र नम्बर २ मा थापा उम्मेदवार बन्ने पक्का भएको छ । यसै गरि कैलाली १ मा द्ववारिका न्यौपाने , ३ मा गौरी शंकर चौधरी , ४ मा लेखराज भट्ट , ५ मा यज्ञ राज ढुंगानाको टिकट पक्का भइसकेको छ ।