३ माघ/कैलालीको मोहन्यालमा तेस्रो पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी स्टार चन्द्र शुर्य युवा क्लब ‘बि’ मोहन्याल-१ बडीकाथाईले जितेको छ।
मोहन्याल युवा क्लबले माघि पर्वको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा शान्ती सन्देश युवा क्लब मोहन्याल-६ अजिगरेलाई २५-२२ सेटको अन्तरले पराजित गर्दै स्टार चन्द्र सुर्य युवा क्लब (बि)ले उपाधी जितेको हो।
बिजेता क्लबले नगत ३१ हजार १ सय ११रुपैयाँ सहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ।
त्यस्तै उपबिजेता शान्ति सन्देश युवा क्लव मोहन्याल ६ अजिगरेले नगद २० हजार १ सय ११ रुपैयाँ सहित मेडल ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी स्टार चन्द्र सुर्य युवा क्लब ‘ए ‘ले तेस्रो स्थान हासिल गदै नगद १२ हजार १ सय ११ रुपैयाँ सहित मेटल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
यसै गरि प्रतियोगितामा उत्कृष्ट खेलाडी खकेन्द्र आले,अनुशासन तर्फ गणेश नेपाली,उत्कृष्ट लिफ्टर दशरथ जैशी, उत्कृष्ट स्पाइडर भरत राज गिरी,र उत्कृष्ट बल्कर दिनेश सार्की लाई समेत नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
“अनुशासन ,आत्मबल, सह-अस्तित्व र भबिस्यका लागी खेल” भन्ने मुल नाराका साथ मोहन्याल युवा क्लब मोहन्याल-३ फलेबिसौनाको आयोजनामा यहि माघ १ गतेदेखि ३ गतेसम्म संचालन भएको प्रतियोगितामा ९ टिम सहभागी भएका थिए ।
क्लबका अध्यक्ष गोर्ख बोहराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय रहनु भएको थियो ।
कार्यक्रममा शान्ति माध्यमिक बिधालयका प्रधानाध्यापक मान बहादुर बुढा ,बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जंग बहादुर बगाले,रेफ्री भिम बहादुर बुढाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन क्लवका सचिव भरत कुमार शाहीले गरेका थिए ।


