Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अखिल नेपाल महिला संघ मोहन्यालको अध्यक्षमा पुन:भाट

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन २२, २०८१
अखिल नेपाल महिला संघ मोहन्यालको अध्यक्षमा पुन:भाट

२२फागुन/नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ मोहन्याल गाउँपालिकाको अध्यक्षमा पुन:दुरा कुमारी भाट( दुर्गा) चयन भएकी छन।

बिहिवार फलेबिसौनामा भएको दोस्रो पालिका सम्मेलनले भाट्को नेतृत्वमा १४ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

जस्को उपाध्यक्षमा विर्मा थापा, सचिव ईसरा कु देवकोटा कोषाध्यक्ष भावना थापा चयन भएका छ्न।

यसैगरी सदस्यहरुमा दिलमाया थापा मगर दुधसरा जैसी तुलसा थापा मगर, रम्बा राना मगर,चेतना टमट्टा,विपना सिजापती अप्सरा टमट्टा,बिनिता रिमाल,कविता टमट्टा,रमिला बोहरा रहेका छन् ।

दुरा कुमारी भाटको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सद्स्य तथा कैलाली क्षेत्र नम्बर २ कि इन्चार्ज कमला ओली रहनु भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य सुर्य बहादुर थापा जनक शाही ,जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुंगाना ,गाउँ कमिटी इन्चार्ज खर प्रशाद अधिकारी ,जिल्ला कमिटी सदस्य टिकाराम भण्डारी ,पबित्रा माझी ,पुर्व जिल्ला कमिटी सदस्य बिरेन्द्र रावल ,गाउकमिटी अध्यक्ष बम बहादुर रावल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट