प्रकाश जोशी/नेपाली कांग्रेस कैलाली जिल्ला क्षेत्र नम्बर २ को १४ औ महाधिवेशन पछिको दोस्रो क्षेत्रीय सम्मेलन लम्किमा सम्पन्न भएको छ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिष्णु ढकालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहनू भएको थियो भने विशिष्ट अतिथिमा सूदूर पश्चिम प्रदेशका मूख्यमन्त्रि कमल बहादुर शाह र नेपाली कांग्रेस कैलाली जिल्ला समिति सभापति एवम् राष्ट्रीय सभा सदस्य नारायण दत्त भट्ट रहेका थिए।
कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय उप सभापति भिम प्रसाद जैसीको स्वागत मन्तव्य सगै सूरू भएको कार्यक्रममा क्षेत्रीय सचिव बिर्जेश रावलले प्रतिवेदन पेस गर्नू भएको थियो।
कार्यक्रममा महासमिति सदस्य हिम बहादुर रावल महासमिति सदस्य विजय बहादुर स्वार, महासमिती सदस्य भक्त थापा ,महासमिती सदस्य बिरू चौधरी सम्पूर्ण महाधिवेशन प्रतिनिधिको तर्फ बाट जनक बम लम्किचूहा नगरपालिका का नगर प्रमुख शूशिला शाही, जिल्ला कार्यसमिति सदस्य पूर्व क्षेत्रीय सभापति देवानन्द जैसी ,नेपाली कांग्रेस लम्किचूहा नगर कमीटी सभापति इन्द्र कूवर सम्पूर्ण गाउँ समितिको तर्फ बाट बर्दगोरिया गाउँ समितिका सभापति कृष्ण बिष्ट सहीद परिवारको तर्फ बाट बद्रि प्रसाद ढकाल लगायतले शूभकामना मन्तव्य व्यक्त गर्नू भएको सम्मेलनको सञ्चालन नेपाली कांग्रेस कैलाली जिल्ला क्षेत्र नम्बर २ का क्षेत्रीय सह सचिव अमर बिष्टले गर्नू भएको थियो।

