Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

विद्यालय स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता सुरु

  • कैलाली दर्पण
  • शुक्रबार, मंसिर २१, २०८१
विद्यालय स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता सुरु

बिधालय स्तरिय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८१ शुक्रबार बाट सुरु भएको छ ।

शुक्रबार सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । मुख्यमन्त्री शाहले खेलाडी उत्पादनमा यश खेलले मद्दत पुग्ने बताए । मुख्यमन्त्री शाहले भने यस्ता खेललाई स्थानिय तहले पनि साथ सहयोग गर्नु पर्छ । साथै मुख्यमन्त्री शाहले पालिकाले यश मैदानको योजना अघि सारे आफुले यश खेलमैदानलाई खेल ग्रामका रुपमा अगाडि बढाउन सहयोग गर्ने बताए ।

मुख्यमन्त्री शाहले भने विभिन्न बिद्या ,विभिन्न क्षेत्रमा खेलकुदका माध्यम बाट आफ्नो पहिचान र नेपाललाई अन्तरास्ट्रिय स्तरमा चिनाउन सक्ने बाताबरणको निर्माण भएको हुदा हाम्रा लागि गौरवको कुरा हो । त्यसकारण यस्ता खेलखुद क्षेत्रका माध्यम बाट देशलाई चिनाउने खेलाडीहरुलाई प्रदेश सरकारले सम्मान गर्ने जस्ता कार्यक्रम अगाडि सारेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले यस्ता खेलकुदले यश क्षेत्रको पहिचान हुने भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरे । साथै गिरिले भने बिधालय स्तरमा यस्ता खेलकुदले बिद्यार्थीको हौशला बढ्नुका साथै खेलकुद प्रतिको माया बढ्ने बताए ।

शुक्रबार भएको उद्घाटन खेलमा छात्रा तर्फ गुरुकुल लम्की र बाल बाटिकाले बराबरी खेल्दा छात्र तर्फ वसन्त मुरारिले लम्किको पानसदिपलाई १/० गोल अन्तरले पराजित गर्‍यो ।

बिधालय स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी बताए । आफुले यश क्षेत्रमा रहेका बिद्यार्थीहरुलाई नेपालको प्रतिनिधित्व हुने जस्ता खेलाडी उत्पादनमा जोड रहेको बताए ।

प्रतियोगिताको विजेता छात्रा टीमले नगद रु ५१ हजार, छात्र तर्फ ५१ ह्जार र उपबिजेताले दुबै बिद्या तर्फ ३१ ह्जार , ट्रफी प्राप्त गर्नेछ ।

बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेश सरकारका मुख्यमन्त्री माननीय कमल शाह, बिशिस्ट अतिथी लम्की चुहा नगरपालिका प्रमुख शुशिला शाही, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो ।
पदम राज ओझाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन राजेन्द्र रावलले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट