Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गाउँ पसेको चितुवाको उद्धार

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ३, २०८०
गाउँ पसेको चितुवाको उद्धार

ईन्द्रा केसी

सुखड कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ आमफाटाबाट चितुवाको उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो । आज बिहान गाउमै घुमिरहेको  चितुवालाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउलेको हो हल्ला पछि चितुवा स्थानियको शौचालय भित्र गई बसेको थियो । डिभिजन वन कार्यालय पहलमानपुर र ईलाका प्रहरी कार्यालय सुखडको टोलिले उक्त चितुवाको उद्धार गरेको हो । उद्धार गरिएको चितुवा डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ ।

चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा लगिने तयारी भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताएका छन ।

एक साता अघि पनि घोडाघोडी नगरपालिका २ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए । जनकला शाही र छोरी भूमिका शाही सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए । दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाईन । ईलाका प्रहरी कार्यालय सुखडको टोलि खबर पाउना साथ तुरुन्तै जङ्गलमा पुगेका थिए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट