ईन्द्रा केसि ।
सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ कि सावित्रा तिवारी अप्ठ्यारो परिस्थिति पनि सहजै पार गर्छिन । अप्ठ्यारो परिस्थितिमा पनि कसरी खुशि हुन सकिन्छ,कसरी जिवनमा आएका समस्यालाई सहजै सुल्झाउन सकिन्छ भन्ने कुरामा उनी ध्यान केन्द्रित गर्छिन । केहि समय पहिले सावित्रा हरेक कुरालाई यसरी सहज रुपमा लिदैन थिईन । उनको नकारात्मक कुराहरुमा बढि ध्यान जाने गर्दथ्यो । जस्का कारण उनलाई जिवन यापन गर्न समस्या भईरहेको थियो । तर अहिले उनी सकारात्मक कुराहरुमा बढि ध्यान केन्द्रित गर्छिन ।
घोडाघोडी ८ कै रुबिना चौधरी पनि सकारात्मक सोच मार्फत अघि बढ्न सके जीवनमा आएका समस्या सहजै पार गर्न सक्ने बताउछिन । हामि नकारात्मक कुराहरुलाई नै बढि केन्द्रित गर्ने गर्दछौ उनले भनिन, नकारात्मक कुराले दुख बाहेक केहि दिन सक्दैन ।
जिवनमा खुशि हुनका लागि सकारात्मक सोचको बिकास हुन जरुरी रहेको घोडघोडी ८ कि बिदेशि चौधरीको भनाई छ । उनी भन्छिन, हामिले हाम्रा परिवार र अभिभावकलाई पनि सकारात्मक सोच तर्फ अग्रसर गराउनुपर्छ ।
उनीहरुमा यो परिवर्तन वल्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघको बाल संरक्षण परियोजनाद्वारा सञ्चालित रूपान्तरण कक्षा लिइसकेपछि आएको हो । कक्षामा सकारात्मक र नकारात्मक सोचका बारेका छलफल गरिएको बताउदै सावित्राले भनिन,परियोजनाको यो कार्यक्रम निकै राम्रो लाग्यो हामिहरु नकारात्मक कुरालाई नै ध्यानमा ल्याउछौ सकारात्मक सोच मार्फत अघि बढे सबै कुरा राम्रो हुदै जान्छ ।
परियोजनाले घोडाघोडी नगरपालिका वडा न ८ मा ८ हप्ते रुपान्तरण कक्षा सञ्चालन गरेको थियो । जस्मा २५ जना बालबालिकाका अभिभावकहरुलाई सकारात्मक सोचको बिकास सम्बन्धि कक्षा सञ्चालन गरेको बाल कल्याण संघ टिकापुरका परामर्शकर्ता बिश्णा चौधरीले बताईन बालबालिकाको रुपान्तरण कक्षा २६,२७ हप्ता सञ्चालन गरिन्छ भने अभिभावकको कक्षा ८ हप्ता सञ्चालन गरिन्छ । रुपान्तरण कक्षामा सकारात्मक र भावनात्मक कुराहरु मा अग्रसर बनाउने गरि कक्षा सञ्चालन गरिन्थ्यो ।
वल्र्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण सङ्घ टिकापुरको साझेदारीमा सञ्चालित यो परियोजनाले कार्यक्रम सँगै सुझाव तथा गुनासो सुनुवाई लाई पनि प्राथमिकता राख्ने गरेको छ । आफूले गर्ने कार्यक्रम सँगै कार्यक्रम प्रतिको सुझाव तथा गुनासो पनि टिपोट गर्ने गर्छ । कार्यक्रम हुँदै गर्दा कार्यक्रमको स्थलमै खर्चको विवरण सबैको अगाडि सुनाउने गरिन्छ ।
संस्थाले सुझाव,गुनासोको लागी निःशुल्क टोल फ्री नं. १६६००१०००१४, ,९८०१५७१०१६,ईमेल npl–feedback @wviorg दिने र सुझाव पेटिका कार्यक्रम स्थलमा राख्ने गरेको छ । कार्यक्रममा सहभागीहरू कतिपयले सुझाव पेटिकामा विभिन्न सुझाव,सल्लाह तथा गुनासो राख्ने गरेका छन् ।
कार्यक्रम स्थलमै सम्पूर्ण खर्च विवरणहरु सार्वजनिक गर्ने, सुझाव पेटिका राख्ने कार्य राम्रो भएको सावित्रा तिवारीको भनाई छ । संस्थाले कार्यक्रमको बजेट बारे पारदर्शिता गर्नु उचित रहेको उनी बताउछिन । आगामि दिनमा पनि अझै यस्ता कार्यक्रमहरु ल्याउन उनले आग्रह गरिन ।

वल्र्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण सङ्घ टिकापुरको साझेदारीमा सञ्चालित विभिन्न परियोजनाले टिकापुर,भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका २४ वडामा कार्यक्रमहरु गरिरहेको छ ।