Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पाँचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिताको आइतबार उद्घाटन हुने

  • कैलाली दर्पण
  • शनिबार, अशोज २९, २०७९
पाँचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिताको आइतबार उद्घाटन हुने

कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा असोज ३० गते देखि हुन गइरहेको बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्न लागेको हो ।

फुटबल प्रतियोगिताको मिति नजिकिदै गरेपछि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जीवन वि सि ले जानकारी दिए ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को मुडा खेल मैदानमा उक्त फुटबल प्रतियोगिता हुन लागेको हो ।

यस अघि प्रतियोगिता असोज ५ गते देखि हुने भनिएकोमा प्राविधिक कारणले गर्दा उक्त प्रतियोगिता असोज ३० गते देखि संचालन गर्ने आयोजकले जनाएको थियो ।

जस अनुसार प्रतियोगिताको उद्घाटन आइतबार असोज ३० गते हुन लागेको क्लबका महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए । उनका अनुसार प्रतियोगिता कार्तिक ६ गते सम्म संचालन हुने छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसै गरि ब्यक्तिगत बिद्या तर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने छन ।

प्रतियोगितामा नेपाल आर्मी सहित बाकेको कोहलपुरबाट पनि टिमको सहभागिता रहेको टिम व्यवस्थापक निर्प साउदले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मी सहित १२ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट